2026/08/25

राष्ट्रिय क्रिकेट टोलीको आज फिटनेस परिक्षण

रायबर अनलाइन
रायबर अनलाइन

२०७९-०१-१३

775
Shares
राष्ट्रिय क्रिकेट टोलीको आज फिटनेस परिक्षण

१३ वैशाख, काठमाडौं । जिम्बाब्वेको ए टोलीसँग खेल्ने राष्ट्रिय क्रिकेट टोलीको आज मंगलबार फिटनेस परिक्षण गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध हुने एकदिवसीय र टी ट्वान्टी क्रिकेटका लागि २३ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेसँगै टोलीलाई बन्द प्रशिक्षण सुरु भएसँगै फिटनेस परिक्षण गरेको हो । टोलीले मंगलबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सामान्य फिटनेसको वर्कआउट गरेको हो । यद्यपि श्रृखंलाका लागि टोलीले बुधबारबाट अभ्यास थाल्नेछ ।

कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने शृंखलामा क्यानले यस अघि सन्दीप लामिछानेको कप्तानीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमलालाई समेटेर टोली घोषणा गरेको थियो । आयोजक नेपालले भ्रमणकारी टोली जिम्मेबाब्वे ए टोलीसँग तीन एकदिवसीय र तीन ट्वान्टी–२० शृंखला खेल्दै छ । यही टिमबाट खेलको दिन सुरुवाती ११ छनोट गरिने क्यानले जनाएको छ ।

शृंखला बैशाख १७ गते बाट हुँदै छ । १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ । एक दिवसीय शृंखला बैशाख १७ देखि २१ सम्म चल्ने छ भने ट्वान्टी–२० बैशाख २३ देखि २६ सम्म सञ्चालन हुने तालिका रहेको छ । 

775
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja