2026/10/24

कोरोना भाइरसको नयाँ भेरियन्ट फेला, कत्ति संक्रामक ?

Admin
Admin

२०८०-०५-०६

749
Shares
कोरोना भाइरसको नयाँ भेरियन्ट फेला, कत्ति संक्रामक ?

काठमाडौं। कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ। कोरोनाको नयाँ भेरियन्ट इजी.५ इजिप्टमा फेला परेको हो। इजिप्टको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ अंश इजी.५ पुष्टि भएको बताएको हो।

संक्रमितलाई कोभिड १९ को नयाँ भेरियन्ट पुष्टि भएसँगै अन्य नागरिकहरूलाई बुस्टर डोज लगाउन मन्त्रालयले आग्रह गरेको छ। श्वासप्रश्वास सम्बन्धी रोगको पहिचानको लागि देशभरका ४५० अस्पतालहरूले पठाएको रिपोर्ट चेकजाँच गर्दा दुई जनामाथि नयाँ भेरियन्ट पुष्टि भएको हो।

यसको पहिलो केस फेब्रुअरीमा पुष्टि भएको थियो। अगस्ट ९ मा विश्व स्वास्थ्य संगठनले इजी.५ लाई ओमिक्रोनको अर्को प्रकारको रुपमा वर्गीकरण गरेको थियो।

749
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja