2026/04/17

सन्दीप एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाँदै

Admin

२०८०-०५-१०

626
Shares

काठमाडौं । सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाने भएका छन् ।

आज अदालतमा सुनवाइ स्थगित भएसँगै उनको पाकिस्तान यात्रा तय भएको हो ।

अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ । एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ । अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई म्याच खेल्न भ्याउनेछन् ।

यदि नेपालले अर्को चरणमा पुग्ने सम्भावना भयो भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्ने छ । मुद्दाको दवावका कारण एसिया कप नखेल्ने मनस्थिति बनाएपनि समर्थकको चाहना र आग्रहमा जान लागेको बताइएको छ ।

626
Shares

©News Kunja 2021-2026. All rights reserved.