राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटवार्ता गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार उपप्रधानमन्त्री खड्काले उहाँसँग भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा उपप्रधानमन्त्री खड्काले मुलुकको शान्ति सुरक्षालगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेका थिए ।