राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले फ्रान्स, संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेतका लागि राजदूत नियुकत गरेका हुन् । गणतन्त्र फ्रान्सको राजदूतमा सुधीर भट्टराई नियुक्त भएका हुन् ।
त्यस्तै, तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्स र घनश्याम लम्साल कुवेतको राजदूत नियुक्त भएका छन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।