2026/06/06

गणपूरक संख्या नपुगेपछि संसद् एक साताका लागि स्थगित

Admin

२०८०-०५-१२

552
Shares

काठमाडौं । गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । 

मंगलबार(आज) बसेको बैठकमा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सांसदहरूको राम्रै उपस्थिति रहेपनि ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’माथिको सैद्धान्तिक छलफल गर्ने क्रममा सांसदहरू बैठकबाट हिँडेसँगै बैठकका लागि आवश्यक पर्ने एक चौथाइ सङ्ख्या समेत पुगेन । 

सभामुख देवराज घिमिरेले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’लाई निर्णयार्थ प्रस्तुत गर्न लागेपछि रास्वपा सांसद सुमना श्रेष्ठले नियमापत्ति जनाउँदै गणपूरक सङ्ख्या नपुग्ने भन्दै सांसदहरूको गणना गर्न माग गरेकी थिइन् । यस्तै एमाले सांसद दामोदर पौडेल वैरागीले पनि गणपूरक सङ्ख्यामाथि प्रश्न उठाउँदै सो विधेयकको विषयलाई अघि नबढाउन आग्रह गरे । 

सभामुखले ३ मिनेट घण्टी बजाएर सांसद सङ्ख्या गणना गर्न लगाउँदा बैठक सञ्चालनका लागि कम्तीमा ६९ जना सांसद हुनुपर्नेमा ५९ जना मात्र रहेका थिए । 

त्यसपछि सभामुख घिमिरेले गणपूरक सङ्ख्या नपुगेकोले सदनको बाँकी कार्यसूची स्थगित गर्दै बैठक एक सातापछि अर्थात् भदौ १८ गते दिनको १ बजे बस्ने गरी स्थगित गरेका छन् ।

552
Shares

©News Kunja 2021-2026. All rights reserved.