काठमाडौं । श्रीलंकाको क्यान्डीमा चलिरहेको एसिया कप अन्तर्गत भारत र पाकिस्तानको खेलमा भारतलाई तेस्रो झड्का लागेको छ।
पहिलो पावर प्ले नसकिँदै भारतले तीन विकेट गुमाएको हो। ९ ओभरको चौथो बलमा भारतका श्रेयस अय्यरको विकेट हरिफ रौफले लिएका हुन्। रौफले श्रेयस अय्यरलाई फकर जमानबाट क्याआउट गराएका हुन्।
यसअघि कप्तान रोहित शर्मा र विराट कोहलीलाई भारतले गुमाइसकेको छ। पाकिस्तानका साहिन साह अफ्रिदीले दुई विकेट लिइसकेका छन्।
जारी खेलमा भारतले यति बेला ११ दशमलव २ ओभरमा ३ विकेट गुमाउँदै ५१ रन बनाएको छ । वर्षाका कारण फेरि खेल केही समयका लागि स्थगित भएको छ । यसअघि पाँचौं ओभर जारी रहँदा पनि पानी परेपछि खेल रोकिएको थियो।