2026/06/06

जेलेन्स्की र म्याक्रोंबीच ‘खाद्यान्न कोरिडोर’ फेरि खुलाउनेबारे कुराकानी

Admin

२०८०-०५-१७

465
Shares

सिन्ह्वा
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच मस्कोले ऐतिहासिक खाद्यान्न सम्झौताबाट बाहिरिएपछि जहाजको सुरक्षित आवागमनका लागि कीएभले स्थापना गरेको समुद्री करिडोरको ‘पुनः सञ्चालन’बारे आइतबार छलफल भएको छ । 

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच रूसमा भएको शिखर वार्ताको पूर्वसन्ध्यामा र मस्कोले युक्रेनको ओडेसा क्षेत्रमा ड्रोन प्रहार गरिरहेको बेला फोन वार्ता भएको हो । 

 
'हामीले अन्न निर्यातका लागि करिडोरको सञ्चालन सुनिश्चित गर्न र ओडेसा क्षेत्रको सुरक्षा बढाउने तरिकाहरूमा पनि छलफल गर्‍यौँ,' जेलेन्स्कीले म्याक्रोनसँग टेलिफोन वार्तापछि सामाजिक सञ्जालमार्फत् भने ।  

युक्रेनले यसै हप्ता ‘ब्ल्याक सी’मा आफ्नो अस्थायी सामुद्रिक करिडोरबाट थप चार वटा पानीजहाजहरू गएको बताएको थियो । यो मार्ग उसले सुरक्षित आवागमनको सुनिश्चित गर्न गत महिना स्थापना गरेको थियो । 

एर्दोगानले सोमबार रूसको सोचीमा रहेको ब्ल्याक सी रिसोटमा पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

जेलेन्स्कीले फ्रान्सले कीएभलाई दिएको ‘महत्वपूर्ण सैन्य सहयोग’का लागि म्याक्रोँलाई धन्यवाद दिँदै आगामी प्याकेजका बारेमा छलफल पनि भएको बताए । 
 

465
Shares

©News Kunja 2021-2026. All rights reserved.