2026/08/24

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

Admin
Admin

२०८०-०५-२१

681
Shares
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पुनः पदमुक्त भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले बिहीबार सुनुवाइ गर्दै ४८ घण्टाभित्र सबैभन्दा ठुलो पार्टीका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको हो । 

कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गर्दै सर्वोच्च अदालतले एमालेका हिक्मतबहादुर कार्कीले दायर गरेको रिट जारी हुने फैसला सुनाएको हो। 

योसँगै मुख्यमन्त्री थापाले दोस्रो पटक मुख्यमन्त्री पद गुमाएका छन्। 

681
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja