2026/04/18

राष्ट्रपतिको संविधान दिवस कार्यक्रम केपी ओली र बालेनद्वारा बहिष्कार

Admin

२०८०-०६-०३

428
Shares

नवौँ संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बहिष्कार गरेका छन्।

राष्ट्रपति राचन्द्र पौडेलले आयोजना गरेको रात्रिभोजमा अन्य कयौँ भीआइपीहरुको जमघट हुँदा ओली र बालेन्द्रले बहिष्कार गरेका हुन्।

भोजमा उपराष्ट्रपति रामसहाय यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, वन तथा वातावरणमन्त्री डा वीरेन्द्रपूसाद महतो, शहरी विकासमन्त्री सीता गुरुङ, विदेशी राजदूतहरुलगायत सहभागी छन्।

तर प्रमुख प्रतिपक्षी नेकपा एमाले र काठमाडौं महानगरपालिकाका मेयर शाह गएनन्। राष्ट्रपति कार्यालयका अनुसार एमाले अध्यक्ष ओली र मेयर शाह दुवैलाई रात्रिभोजमा निम्तो दिइएको थियो।

एमाले अध्यक्ष ओली आफैंले नारायण चौरमा आयोजना गरेको दीप प्रज्वलनमा सहभागी भए। त्यहीकारण उनी शीतल निवासको कार्यक्रममा सहभागी नभएको एमालेका एक नेताले बताए। पौडेलले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो।

428
Shares

©News Kunja 2021-2026. All rights reserved.