2026/08/24

९५ घण्टादेखि राष्ट्रिय सभागृहअघि उभिएर बालेनविरुद्ध युवाहरूको प्रदर्शन 

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०६-०६

590
Shares
९५ घण्टादेखि राष्ट्रिय सभागृहअघि उभिएर बालेनविरुद्ध युवाहरूको प्रदर्शन 

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध युवाहरूले प्रदर्शन थालेका छन्। सडक व्यवसायीका पक्षमा अभियन्ता तथा 'इनफ इज इनफ' अभियानका एक अधिकारी ईसहित प्रवीण, चाउ, सौरभ कार्की लगायतका युवाहरू बिहीबारदेखि महानगरको नगर कार्यपालिका कार्यालय रहेको राष्ट्रिय सभागृहअघि प्रदर्शनमा उभिएका हुन्।

उनीहरू यसरी प्रदर्शनमा उभिएको ९५ घण्टा बितेको छ।

उनीहरूले 'गरी खान देउ', 'बालेन-सुनिता तिमीहरूलाई मत र साथ दिनु गल्ती नै थियो?'लगायतका पम्पलेट बोकेर उभिएर प्रदर्शन गरिरहेका हुन्।

डेढ वर्षअघि स्थानीय निर्वाचनको संघारमा बालेनले ‘गरिबको चमेली बोल्दिने कोही छैन’ जस्तो गीत गाएर फुटपाथ व्यवसायलाई हटाउने होइन, व्यवस्थापन गर्नुपर्छ जस्तो तर्क राखेर पब्लिक सेन्टिमेन्ट बटुलेको तर निर्वाचित भएपछि आफ्नै वाचा बिर्सिएको भन्दै युवाहरूले प्रदर्शन गरेका हुन्।

सडक व्यवसायी, गरिब र सीमान्तकृत वर्गको गाँस खोसेको भन्दै युवाहरूले मेयर र उपमेयरको कार्यालय अगाडि ‘भद्र’ प्रदर्शन गरिरहेका हुन्।

केही समयअघि युवाहरूले सडक व्यवसायलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर कार्यपत्र पनि बुझाएका थिए। तर मेयर बालेनमा त्यो अनिच्छा देखिएको अभियन्ता ईले बताए। उनले भने, 'मैले निर्णय गरेपछि पछाडि जानुहुन्न, गए कमजोर हुन्छु भन्रे मानसिकता बालेनमा देखियो। गलत भए पनि म सच्चिन तयार छैन भन्ने यो प्रवृत्ति लोकतन्त्रका लागि घातक हो,' ईले बताए।

निर्वाचित भएपछि मेयर बालेनले ठिक विपरीत व्यवहार गरेको बताउँदै उनले ठेलागाडा र साना सडक व्यवसायीलाई उचित व्यवस्थापन गर्न मागसहित भद्र विरोध गरिएको जानकारी दिए।

‘दुई महिनाअघि मेयरको सचिवालयबाट सडक व्यवसाय व्यवस्थापनका लागि पोलिसी फ्रेम वर्क दिन भनिएको थियो’ उनले भने, ‘लिखित रूपमा दिएका पनि थियौं, कुनै सुनुवाइ भएन।’ सचिवालयबाट मागिए पनि मेयरबाट सम्बोधन नभएको उनको भनाइ छ।

590
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja