2026/04/17

सेयर बजार १९.४२ अंकले घट्यो

रायबर अनलाइन

२०८०-०६-०७

546
Shares

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार(आज) बजार परिसूचक नेप्से १९.४२ अंकले गिरावट भएर २०१०.३५ को विन्दुमा बन्द भएको छ । लगातार ३ कारोबार दिन बढेर गत बिहीबार २०२९.७८ को विन्दुमा बन्द भएको नेप्से आइतबार ०.९५ प्रतिशतले गिरावट भएको हो ।

आइतबार नेप्सेमा लघुवित्त बाहेक सबै उपसूचकमा गिरावट भएको छ । लघुवित्त उपसूचक ०.९९ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक १.९८ प्रतिशतले गिरावट भएको छ । यस्तै व्यापार र हाइड्रोपावर उपसूचक १.८१ प्रतिशतले गिरावट हुँदा होटेल तथा पर्यटन उपसूचक १.६५ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेसँगै आइतबार कारोबार रकम पनि घटेको छ । गत बिहीबार ३ अर्ब नाघेको कारोबार रकम आज २ अर्ब ३२ करोड ६९ लाखको कारोबार भएको छ । आइतबार माछापुच्छ्रे बैंकको सर्वाधिक १३ करोड २५ लाखको सेयर कारोबार भएको छ । 

आइतबार नेप्सेमा कुल २३१ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १६६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ६२ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको स्थिर छ ।

आइतबार कारोबार भएकामध्ये स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य ९.७३ प्रतिशतले बढेको छ ।

शुभम् पावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा नबिल ब्यालेन्स फण्ड २ को इकाइमूल्य ५.४५ प्रतिशत र मायाखोला हाइड्रोपावरको सेयरमूल्य ५.३७ प्रतिशतले गिरावट भएको छ ।

 

546
Shares

©News Kunja 2021-2026. All rights reserved.