2026/08/25

चिनियाँ समकक्षी ली छियाङसँग आज भेटवार्ता गर्दै प्रधानमन्त्री प्रचण्ड

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०६-०८

571
Shares
चिनियाँ समकक्षी ली छियाङसँग आज भेटवार्ता गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार(आज) महत्त्वपूर्ण भेटवार्ता गर्दैछन्। प्रधानमन्त्री प्रचण्डले सोमबार चिनियाँ समकक्षी (चिनियाँ प्रधानमन्त्री) ली छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। 

द्विपक्षीय भेटवार्ताका क्रममा नेपाल र चीनबीच विविध सहयोग सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ।  प्रधानमन्त्री प्रचण्डले सोमबार चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। 

बेइजिङमा भेटवार्ताहरूपछि प्रधानमन्त्री प्रचण्ड चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्ने कार्यक्रम रहेको छ। उक्त महानगरमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारेमा प्रधानमन्त्रीले जानकारी लिने कार्यक्रम रहेको छ। 

त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन्। तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित असोज १३ गते नेपाल फर्किनेछन्। 

571
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja