2026/08/26

सरुवा गरिएका कर्मचारीहरुलाई सात दिनभित्र रमाना दिन निर्देशन

Admin
Admin

२०८०-०६-१२

545
Shares
सरुवा गरिएका कर्मचारीहरुलाई सात दिनभित्र रमाना दिन निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई सात दिनभित्र रमाना दिन निर्देशन दिएको छ । 

सरुवा भएका कर्मचारीले हालसम्म पनि रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै आज सम्पूर्ण मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयले प्रचलित कानूनबमोजिम सरुवा, पदस्थापन, कामकाज र काज फिर्ता गरिएकालाई रमाना दिन भनेको छ । 

त्यस्तै, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न खटाइएका संघीय निजामती कर्मचारीलाई पनि प्रचलित कानूनबमोजिम रमाना दिन निर्देशन दिइएको छ । 

मन्त्रालयले कर्मचारीहरुलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिई सात दिनभित्र जानकारी गराउनसमेत परिपत्रमा उल्लेख गरेको छ ।

545
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja