2026/08/26

एमाले बागमती प्रदेश कमिटी अध्यक्षमा कैलाश ढुंगेल

Admin
Admin

२०८०-०६-१२

550
Shares
एमाले बागमती प्रदेश कमिटी अध्यक्षमा कैलाश ढुंगेल

नेकपा एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनबाट रामेछापका कैलाश ढुंगेल विजयी भएका छन्।

एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतसहितको समर्थन मिलेका ढुंगेलले मकवानपुरका कृष्णप्रसाद दाहाललाई पराजित गरेका हुन्।

अध्यक्षमा विजयी ढुंगेलले ६९६ मत ल्याए भने पराजित भएका दाहालले ४३९ मत ल्याउन सफल भए। 

अध्यक्ष ओलीको चाहना अनुसार सर्वसम्मत गराउने प्रयास विफल भएपछि शुक्रबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा मतदान भएको थियो।

एमाले बागमती : प्यानलै बनाएर उत्रिए दाहाल र ढुंगेल, कुन पक्षबाट को को उम्मेदवार?

उक्त मतदानमा ढुंगेल र दाहाल दुवैजना प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका थिए। अध्यक्षमा उम्मेदवारी दिएका पाँचमध्ये तीनजना पछि हट्दा दुईजनाबीच चुनाव भएको थियो।

अर्कातिर उपाध्यक्षमा दावादोर्जे लामाले जित निकालेका छन्। उनी अध्यक्षमा विजयी ढुंगेल प्यानलका हुन्। 

उता सचिवमा भने अध्यक्षमा पराजित दाहाल प्यानलका नवराज सिलवाल विजयी भएका छन्। सिलवाल ढुंगेल प्यानलका हस्त पण्डितभन्दा १ मत धेरैले विजयी भएका हुन्। सिलवालले ५६८ मत पाउँदा पण्डित ५६७ मत ल्याउँदै पराजित भए। 

खुला उपसचिवमा ढुंगेल प्यानलबाट प्रेमकुमार महर्जन विजयी भएका छन्। महिला उपसचिवमा दाहाल प्यानलकी भक्तकुमारी लामा विजयी भएकी छन्। 

550
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja