2026/04/17

माओवादीको विशेष रुपान्तरण अभियान : दलित असाह्य महिलाको घरमा जस्तापता लगाइयो

Admin

२०८०-०६-१३

682
Shares

 नेकपा माओवादी केन्द्र अछामले एक दलित असहाय महिलाको खरको चुईने घरछानोलाई कर्कटपाताले छाईदिएको छ । घरघरमा माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत अछामको मंगलसेन नगरपालिका १० जुपु सिलावाडा टोलकी दलित असहाय महिला ७० बर्षिया डिक्रा परियारको घरछानोमा पार्टीको तर्फबाट निशुल्क कर्कटपाता लगाई दिएको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अछाम जिल्ला ईन्चार्ज ओम प्रकाश पुनको नेत्त्रित्व सहित जुपुमा गएको टोलिले असहाय महिलाको चुईने घरछानो छाईदिएको हो ।

कर्यक्रममा वाइसीएल नेपालका केन्द्रीय सचिव शिव बोगटी, जिल्ला सदस्यहरु ज्ञान रावल, भक्त बिक,बल बहादुर रावल, कमल थापा, कटक सोडारी, सुरत भण्डारी को उपस्थिति रहेको थियो । वरिपरि घरमा पत्थरले छाएका घरहरुको बिचमा चुइने खर लगाएको घरछानोमा जोखिमपुर्ण बास गरिरहेकी डिक्रा परियारले आफ्नो घरमा टिन लागईदिए पछि हर्षित बन्दै नेकपा माओवादि केन्द्र अछामलाई धन्यवाद दिएकी छन ।

682
Shares

©News Kunja 2021-2026. All rights reserved.