2026/08/25

सेतीमा नदीमा नुहाउने क्रममा डोटीका २ बालक बेपत्ता

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०६-२०

542
Shares
सेतीमा नदीमा नुहाउने क्रममा डोटीका २ बालक बेपत्ता

काठमाडौं । डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् ।
 
दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले जानकारी दिए।

 
उहाँका अनुसार बेपत्ता हुनेमा वडा नं ४ पिपल्ला बजारका ८ वर्षीया खुसी प्रजापति र सोही ठाउँका साढे दुई वर्षका सिद्धार्थ देउवा छन् ।
 
बेपत्ता दुवैको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीय बासिन्दा खटिएका छन् ।

542
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja