परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत र पार्टीगत रूपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन्।
इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीको अवस्थाबारे संसदको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै उनले यस्तो आग्रह गरेका हुन्।
मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको जानकारी दिँदै अहिलेको अवस्थालाई राजनीतिककरण नगर्न पनि आग्रह गरे।
मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको जानकारी दिँदै अहिलेको अवस्थालाई राजनीतिककरण नगर्न पनि आग्रह गरे।