2026/08/27

एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी सर्वसम्मत

Admin
Admin

२०८०-०६-२५

525
Shares
एमाले सुदूरपश्चिम अधिवेशन  : अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी सर्वसम्मत

धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका पदाधिकारी सर्वसम्मत चयन भएका छन्। एमालेको प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिवमा कञ्चनपुरका नरबहादुर बिक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन्।

उपाध्यक्षमा शाही हिजो नै सर्वसम्मत भए पनि अन्य पदमा भने आज सहमति भएका एमालेले बताएको छ। अध्यक्षमा भरत साउँदले उम्मेदवारी फिर्ता लिँदा जैशी सर्वसम्मत भएका हुन् भने महिला उपसचिवमा कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएपछि विस्ट सर्वसम्मत भएकी हुन। यस अघि आजै सचिवमा रतन रेग्मी फिर्ता लिँदा चन्द र अशोक चन्दले फिर्ता लिँदा बिक सर्वसम्मत भएका हुन्।

525
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja