2026/08/24

गाजामा ५०० जना मारिएका बेला इजरायल भ्रमणमा निस्किए बाइडेन

Admin
Admin

२०८०-०७-०१

656
Shares
गाजामा ५०० जना मारिएका बेला इजरायल भ्रमणमा निस्किए बाइडेन

अमेरिकाका राष्ट्रपति जो बाइडेन बुधबार इजरायल प्रस्थान गरेका छन्। गाजाको एक अस्पतालमा भएको आक्रमणमा ५०० जनाको ज्यान गएको दाबी भइरहेका बेला उनी इजरायल भ्रमणमा निस्किएका हुन्। 

गाजाको स्वास्थ्य विभागले अल अहली अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा ५०० जनाको मृत्यु भएको दाबी गरेको छ।इजरायलले भने उक्त हमलामा आफ्नो कुनै भूमिका नभएको दाबी गरेको छ। बरु उसले उल्टै यो हमला ‘प्यालेस्टिनी इस्लामिक जिहाद’को रकेटको परिणाम भएको बताएको बीबीसीले उल्लेख गरेको छ।

‘प्यालेस्टिनी इस्लामिक जिहाद’ संगठनले पनि हमलामा आफ्नो संलग्नता अस्वीकार गरेको छ। हमास र हिजबुल्लाहले अस्पतालमा भएको आक्रमणमा इजरायलसँगै अमेरिका पनि जिम्मेवार आरोप लगाएका छन्।

656
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja