2026/08/27

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Admin
Admin

२०८०-०७-१०

493
Shares
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शुक्रबार अपरान्ह सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो।

कोशी प्रदेशमा सरकार विस्तारका विषयमा उत्पन्न अन्यौलबीच एमाले अध्यक्ष ओलीले माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन्।

कोशीमा एमालेको सहयोगमा नेपाली कांग्रेसका विद्रोही सांसद केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन्। तर, एमालेले कांग्रेसबाहेक अन्य दललाई प्रदेश सरकारमा सामेल गर्न नहुने बताउँदै आएको छ भने मुख्यमन्त्री कार्की सर्वदलीय सरकार गठनमा जोड दिइहेका छन्।

यही अन्यौलबीच भएको एमाले र माओवादीका शीर्ष नेताबीचको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ।

493
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja