2026/04/17

गाजामा मानवीय युद्धविरामको लागि आह्वान गर्ने प्रस्ताव पारित

Admin

२०८०-०७-१२

467
Shares

संयुक्त राष्ट्र संघको महासभाले गाजामा मानवीय युद्धविरामको लागि आह्वान गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्तावले तत्काल मानवीय युद्धविरामको लागि आह्वान गरेको छ । 

नागरिकको संरक्षण, कर्मचारी र सुविधाहरूको सुरक्षा, र गैरकानूनीरूपमा बन्दी बनाइएका सबै नागरिकहरूको तत्काल बिना सर्त रिहाइ गर्ने कुरा समावेश छ । प्रस्तावको पक्षमा १२० मत, विपक्षमा १४ मत र ४५ देश अनुपस्थित भएका थियो । 

मस्यौदा प्रस्तावको विपक्षमा मतदान गर्ने देशहरूमा अस्ट्रिया, क्रोएसिया, चेक गणतन्त्र, फिजी, ग्वाटेमाला, हंगेरी, इजरायल, मार्सल टापु, माइक्रोनेसिया, नाउर, पपुवा न्युगिनी, पाराग्वे, टोंगा र संयुक्त राज्य अमेरिका छन् ।  गाजापट्टीमा लडाइँ तीव्र बन्दै गएपछि यो प्रस्ताव आएको हो ।  

गाजामा प्यालेस्टाइनी स्वास्थ्य अधिकारीका अनुसार युद्ध सुरु भएदेखि ७ हजार ३२६ प्यालेस्टाइनी मारिएका छन् । १४ सयभन्दा बढी इजरायलीहरू मारिएका छन् ।

467
Shares

©News Kunja 2021-2026. All rights reserved.