2026/08/27

माधव नेपालको पार्टीलाई पहिलोपटक एमालेको औपचारिक निमन्त्रणा

Admin
Admin

२०८०-०७-१४

517
Shares
माधव नेपालको पार्टीलाई पहिलोपटक एमालेको औपचारिक निमन्त्रणा

नेकपा एमालेले पहिलोपटक माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई औपचारिक कार्यक्रममा निमन्त्रणा गरेको छ।

एमालेले भोलि (मंगलबार) दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ।

सो समारोहमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतलाई पत्र काटेर औपचारिक निमन्त्रणा गरिएको एमालेका एक नेताले जानकारी दिए।

पार्टी विभाजनपछि एमालेले पहिलोपटक एकीकृत समाजवादीलाई पार्टीको मान्यता दिँदै औपचारिक निमन्त्रणा गरेको हो। 

त्यस्तै, एकीकृत समाजवादीका सबै सांसदहरूलाई पनि चियापान समारोहमा निमन्त्रणा गरिएको छ।

एकीकृत समाजवादीका मन्त्रीहरूलाई पनि चियापानमा आमन्त्रण गरिएको छ। मन्त्रीहरूलाई मन्त्रीकै हैसियतमा निमन्त्रणा गरिएको एमालेका ती नेताले जानकारी दिए।

माधव नेपालले २०७८ भदौ ९ गते एमालेबाट विद्रोह गर्दै पार्टी विभाजन गरेका थिए। त्यसयता नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तिक्ततापूर्ण सम्बन्ध थियो। 

एमाले अध्यक्ष ओलीले त पटक पटक सार्वजनिक समारोहबाटै एकीकृत समाजवादीलाई पार्टी नै नभएको बताउँदै आएका थिए। 

517
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja