परराष्ट्रमन्त्री एनपी साउद अमेरिका भ्रमणपछि स्वदेश फर्किएका छन् । उन संयुक्त अरब इमिरेट्सको दुबई हुँदै आइतबार साँझ काठमाडौंमा अवतरण गरेका हुन् ।
मन्त्री साउद श्रीमतीसहित कात्तिक १२ गते अमेरिका पुगेका थिए ।
भ्रमणका क्रममा उनले अमेरिकी समकक्षी एन्टोनी जे ब्लिनकेनसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।
त्यसैगरी अमेरिकी विकास सहायता परियोजना एमसीसीका प्रमुख कार्यकारी अधिकृतलगायत अमेरिकी अधिकारीहरुसँग पनि उनले भेटवार्ता गरेका थिए ।