2026/04/17

सत्तारुढ माओवादी केन्द्रले भूकम्पपीडितलाई ५० लाख दिने

Admin

२०८०-०७-१९

524
Shares

प्रधानमन्त्री पुष्पकम दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरूको राहत र पूनर्निमाणका लागि ५० लाख दिने निर्णय गरेको छ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको काठमाडौंमा उपलब्ध पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले राहत र पुनर्निमाणका लागि सबै प्रदेश कमिटीसँग समन्वय गर्ने जिम्मा महासचिव देव गुरुङलाई दिएको छ ।

यसअघि नेपाली कांग्रेसले पनि पीडितहरुको राहत र पूननिर्माणको लागि ५० लाख दिने निर्णय गरिसकेको छ । उता डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १० लाख दिने निर्णय गरेको छ । 

524
Shares

©News Kunja 2021-2026. All rights reserved.