2026/08/26

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

Admin
Admin

२०८०-०७-३०

754
Shares
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

अछाम — मंगलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला विष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका छन् ।

उर्मिलाका माइती पक्षले बुधबार नै उनका श्रीमान्को नाममा किटानी जाहेरी गरिसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले बताए ।

‘मृतक उर्मिलाको टाउको र शरीरका अन्य भागमा चोटपटक देखिन्छ । प्रारम्भिक अनुसन्धानबाट कुटपिटबाट मृत्यु भएको देखिन्छ,’ उनले भने ,‘माइती पक्षले उनका श्रीमान् शेरबहादुर भण्डारीको नाममा किटानी जाहेरी दिएका छन् । उनका श्रीमान्ले मदिरा सेवन गरेको पनि देखिन्छ । अहिले हामी अनुसन्धानकै क्रममा छौं ।’ पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान गर्न सहज हुने उनले बताए ।

मृतक उर्मिलाका भदा पुष्पकुमार विष्टले फुपू उर्मिलाको हत्या भएको दाबी गरे । यसअघि पनि पटक–पटक मदिरा सेवन गरेर कुटपिट गर्ने र यातना दिने गरेको उनले बताए । ‘यसअघि पनि धेरै पटक चरम यातना दिने गरेको थियो । पटकपटक हामीले अब त्यो घरमा नबस्नुस् माइतीमै बस्नुस्भन्दा पनि फुपूले मान्नु भएन,’ उनले भने,‘श्रीमान्ले जति यातना दिए पनि उहाले एकदमै माया गर्नु हुन्थ्यो, अहिले त्यसैको बदलामा मृत्यु पाउनु भयो ।’

दोषीलाई उम्कन नदिनका लागि अनुसन्धान गर्ने निकाय र अन्य सरोकारवाला निकायलाई अनुरोध गरिरहेको उनले बताए । हत्या आरोपमा पक्राउ परेका शेरबहादुर हालै नेपाल प्रहरीको जागिरबाट रिटायर्ड भएका हुन् ।

754
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja