2026/08/27

क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम अनुमोदन

Admin
Admin

२०८०-०८-१०

603
Shares
क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम अनुमोदन

क्यानडाका लागि नेपाली राजदूतमा प्रस्तावित भरतराज पौड्यालको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । संघीय संसद संसदीय सुनुवाइ समितिले आइतबारको बैठकले पौडेलको नाम अनुमोदन गरेको हो । 

यसअघि कार्तिक १५ गते समितिले पौड्यालउपर उजुरी आह्वान गरेको थियो । समितिका ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले क्यानडाका लागि प्रस्तावित राजदूत पौडेलको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको बताए । 

पौड्यालविरुद्ध दुईवटा उजुरी परेको उनले बताए । उनले क्युबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैरआवासीय राजदूत र अन्तर्राष्ट्रिय नागरिक उड्डययन संस्था (आइकाओ) को पनि स्थायी प्रतिनिधिको रूपमा नियुक्ति गर्ने निर्णयको अनुमोदन गरेको बताए । 

संसदीय समितिले अनुमोदन गरेपछि अब राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ । प्रस्तावित राजदूतको नाममा सम्बन्धित मुलुकबाट एग्निमा आएपछि राष्ट्रपतिले राजदूतहरुको नियुक्ति गर्ने कानुनी व्यवस्था छ । 

603
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja