2026/08/25

ख्रीस्टियन धर्मगुरु नक्कली शैक्षिक प्रमाण पत्र प्रयोग गरेको आरोपमा पक्राउ

Admin
Admin

२०८०-०८-२६

545
Shares
ख्रीस्टियन धर्मगुरु नक्कली शैक्षिक प्रमाण पत्र प्रयोग गरेको आरोपमा पक्राउ

ख्रीस्टियन धर्मगुरु नक्कली शैक्षिक प्रमाण पत्र प्रयोग गरेको आरोपमा पक्राउ परेका छन्। ख्रीस्टियन महासङ्घले निलम्बन गरिसकेका चरीबहादुर (सिबी) गहतराज पक्राउ परेका हुन्।

उनले प्रयोग गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको परिसरका प्रवक्ता एवम् एसपी कुमोद ढुङ्गेलले जानकारी दिएका छन्।

सीबीलाई सिंहदरबार क्षेत्रबाट पक्राउ गरी अनुसन्धान भैइरहेकाे पनि एसपी ढुङ्गेलले बताए। ललितपुरको गोदावरीका गहतराजको शैक्षिक प्रमाणपत्र छानबिन माग गर्दै गत भदौ ३ गते उजुरी परेको र त्यसका आधामा विश्वविद्यालयलाई पत्राचार गर्दा उनको शैक्षिक प्रमाण पत्र नक्कली तथ्य फेला परेका थियो।

क्रिश्चियन धर्म प्रचारक उनले ‘महाअभियान’ नामको पत्रिका जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गर्दा स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको उजुरी परेको थियो।  त्रिविले उनको रजिस्ट्रेसन नम्बर ९५–०१–१४–०२६–१९९४० सँग मेल खाने अभिलेख नभएको जवाफ सूचना विभागलाई दिएको थियो। गत भदौ २७ गते त्रिविले पठाएको पत्रमा ‘चरीबहादुर गहतराज, रजिस्ट्रेसन नम्बर ९५–०१–१४–०२६–१९९४० को स्नातक डिग्रीको ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल सर्टिफिकेट यस कार्यालयको रेकर्ड भिडाई हेर्दा मेल नखाएको’, जनाएको थियो।

545
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja