2026/08/25

डा. गोविन्द केसी आजदेखि आमरण अनसन बस्दै

Admin
Admin

२०८०-०८-२९

651
Shares
डा. गोविन्द केसी आजदेखि आमरण अनसन बस्दै

प्रा.डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्दै छन्। केसीले आज साझ ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेका हुन्।

सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै सत्याग्रह सुरु गर्न लागेको उनले बताएका छन्। 

यस्ता छन् उनका मागहरू: 

१. सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्‍याइयोस्।

२. यसअघि हामीसित भएका सम्झौताहरू कार्यान्वयन गरियोस्।

सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधीहरू पाइने सुनिश्चित गर्ने।

गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउने चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउनेस जनसङ्ख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरू खोल्ने।

१००शय्या भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम हरु सुरु गर्ने।

विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने ऐन जारी नहुंदासम्म दलीय भागबन्डा निषेध गर्दै हामीसित यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने 

सबै सरकारी नियुक्तिहरूमा स्वार्थको द्वन्द्व अन्त गर्नका लागि कानुनी व्यवस्था गर्ने।

651
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja