2026/04/17

देउवालाई विश्वप्रकाशले भने : छ चोटी प्रधानमन्त्री बन्दा मेडल पाइने होईन, गगनलाई प्रस्ताव गर्नुस्

Admin

२०८०-०९-०७

422
Shares

काठमाडौं, ७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई अब पनि प्रधानमन्त्रीमा दाबी नगर्न सुझाव दिएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित कांग्रेस बागमती प्रदेश समितिको भेलालाई सम्बोधन गर्दै उनले अब आफू प्रधानमन्त्री नबनेर प्रकाशमान, विमलेन्द्र निधि र डा. शेखर कोइरालामध्ये कसैलाई पालो दिन उनले आग्रह गरे । तीन जना नेताले आफूहरु नबन्ने भनेको अवस्थामा अर्का महामन्त्री गगनलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नसमेत उनले आग्रह गरे ।

‘अहिलेका हाम्रा आदरनीय सभापतिज्यूलाई मैले यतिराम्रो विधिलाई पालना गर्न पाईँन भन्ने हो भने भन्दिए हुन्छ– पाँच चोटी प्रधानमन्त्री भइसकेको छु । कुनै मेडल प्राप्त हुँदैन छ चोटी प्रधानमन्त्री बन्दा ।’ उनले भने, ‘तिमी अगाडि आउँ, प्रधानमन्त्री त्याग गरेका गणेशमानको छोरा पहिलो चोटी प्रधानमन्त्री बन्ने भए बन प्रकाशमान सिंह, मधेशको बन्छौं भने बन विमलेन्द्र निधि, मेरो प्रतिस्पर्धी बन्छौ भने आउ डा. शेखर कोइराला तिमी बन भनिदिए हुन्छ । केही फरक पर्दैन । मैले नाम लिएका ब्यक्तित्वहरुले दृढतापूर्वक उभिएर हामी दाबी गर्दैनौं भन्ने हो भने आउ म सँगै संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका गगन थापा तिमी प्रधानमन्त्री बन, देशलाई हाँकेर जाउ भनेर भनिदिए हुन्छ ।’

आगामी पार्टीका महासमिति बैठकबाट विधानमा कांग्रेसबाट दोहोर्याएर राष्ट्रपति बन्न नपाउने, दुई पटकभन्दा कोही प्रधानमन्त्री बन्न नहुने, तीन पटकभन्दा बढि कोही पनि मन्त्री बन्न नहुने र चार पटकभन्दा कोही सांसद बन्न नहुने र जतिसुकै लोकप्रिय भएपनि पाँच पटकभन्दा बढि कसैलाई पनि टिकट दिन नहुने विधि पारित गरिनु आवश्यक रहेको उनले बताए ।

 
 

422
Shares

©News Kunja 2021-2026. All rights reserved.