2026/04/17

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवार तय गर्न बालुवाटारमा सत्तारूढ चार दलको बैठक

Admin

२०८०-०९-२१

420
Shares

राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवार तय गर्नका लागि सत्तारूढ चार दलको बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका दलहरूबीच राष्ट्रियसभा उम्मेदवार तय गर्नेबारे छलफल भइरहेको हो। 

यसअघि आजै दिउँसो बसेको गठबन्धन बैठकले एमालेसँग सहकार्य नगरी गठबन्धन दलहरूबीच सिट बाँडफाँट गर्ने निर्णय गरेको थियो। 

आजै ४ दलबीच सहमति जुटाउने र सरकारमा सहभागी अन्य दलसहितको बैठक बसेर निर्णय लिइने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन्।

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरूले आ–आफ्नै दाबी अघि सारेका छन्। 

‘दलहरूबीच आ–आफ्नै रस्साकस्सी जारी छ, आजै सहमति जुट्छ होला,’ एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने। 

एकीकृत समाजवादीले राष्ट्रियसभा अध्यक्षसहित ५ सिटमा आफ्नो दाबी प्रस्तुत गरेको छ।

420
Shares

©News Kunja 2021-2026. All rights reserved.