2026/08/27

सुदूरपश्चिममा पुरानै अनुहार उम्मेद्वार

Admin
Admin

२०८०-०९-२४

553
Shares
सुदूरपश्चिममा पुरानै अनुहार उम्मेद्वार

धनगढीः सुदूरपश्चिममा बहुमत देखिएको सत्ता गठबन्धनका दलले संविधानको मर्म र राष्ट्रिय सभाको चरित्रलाई आत्मसात् नगरी उम्मेदवार बनाएका छन्।

सुदूरपश्चिमबाट बलदेव बोहोरा (अन्य) तथा नारायणदत्त भट्ट (अपांगता, अल्पसंख्यक) लाई उम्मेदवार बनाएको छ। अन्य समूहबाट उम्मेदवार बोहोरा पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन्। उनी जिल्ला विकास समितिमा पूर्वसभापति र २०७० मा समानुपातिकबाट सांसद भएका थिए।

अपांगता कोटाबाट उम्मेदवार बनेका नारायणदत्त भट्ट कैलाली जिल्ला कार्यसमितिका पार्टी सभापति हुन्। उनी २०६२/६३ को जनआन्दोलनका बेलामा घाइते भएका थिए। दुई जना उम्मेदवारमध्ये बोहोरा देउवा निकटका मानिन्छन्। 
माओवादीले सुदूरपश्चिममा रेणु चन्द (महिला) लाई उम्मेदवार बनाएको छ। सुदूरपश्चिमबाट उम्मेदवार बनेकी चन्द केन्द्रीय सदस्य छिन्। उनले २०६४ मा बैतडी–२ बाट संविधानसभामा प्रतिनिधित्व गरेकी थिइन्।

दोस्रो संविधानसभा २०७० मा त्यही क्षेत्रबाट उम्मेदवार भए पनि पराजित भएकी थिइन्। त्यस्तै नेकपा एमालेबाट सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपांगता÷अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) छन्।

553
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja