2026/08/27

नयाँ पार्टी खोल्ने तयारीमा रहेका राजेन्द्र महतो किन गए नयाँदिल्ली ?

Admin
Admin

२०८०-०९-२९

512
Shares
नयाँ पार्टी खोल्ने तयारीमा रहेका राजेन्द्र महतो किन गए नयाँदिल्ली ?

नयाँ पार्टी खोल्ने तयारी गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दोस्रो नेता राजेन्द्र महतो यति बेला दिल्ली पुगेका छन्। उनी ३ दिनपछि काठमाडौं फर्कने कार्यक्रम रहेको उनको पारिवारिक स्रोतले बताएको छ।

महतोले अहिले राष्ट्रिय मुक्ति क्रान्तिको घोषणा गरेका छन्। पछिल्लो समयमा लोसपाका अध्यक्ष महन्थ ठाकुर र महतोबिच चर्को विवाद छ। यही विवादको कारण ठाकुरले बोलाएको केन्द्रीय समितिको बैठकलाई महतोलाई बहिस्कार गरेका थिए।

महतो निकट स्रोतका अनुसार अहिले महतो नयाँ पार्टी खोल्ने विषयमा कार्यकर्ताहरूको धारणा बुझ्न मधेसका विभिन्न जिल्ला पुगेका छन्। अब ठाकुर र महतो एउटै पार्टीमा बस्ने अवस्था नरहेको महतो निकट नेताहरू बताउँछन्।

२०७८ भदौमा ठाकुर, महतो, शरत्सिंह भण्डारी, अनिल झा लगायतका नेताहरूले जनता समाजवादी पार्टी (जसपा) फुटाएर लोसपा गठन गरेका थिए।

लोसपा गठन भएको दुई वर्ष नबित्दै लोसपाभित्र चर्को विवाद उत्पन्न भएको छ। कानुन अनुसार महतोले अब लोसपा फुटाउन सक्दैनन् तर उनले नयाँ पार्टी भने खोल्न सक्छन्। राजनीतिक दल विभाजन सम्बन्धी कानुनमा कुनै एक पार्टीबाट फुटाएर बनाएको पार्टी कम्तीमा ५ वर्षसम्म फुटाउन नमिल्ने व्यवस्था छ।

512
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja