2026/04/17

अमेरिकामा बनाइने नेपाली भवनका लागि महानगरले सहयोग गर्ने

Admin

२०८०-१०-१०

542
Shares

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले अमेरिकाको कोलोराडोस्थित बोल्डर नगरमा निर्माण हुने काठमाडौँको सम्पदा झल्किने सांस्कृतिक भवनका लागि प्राविधिक सहयोग गर्न सकिने बताएका छन्।

प्रमुख शाहसँग भेटका लागि आएका बोल्डर नगरका प्रमुख आरोन ब्रोकेटले, आफ्नो नगरमा नेपाली समुदायले सांस्कृतिक भवन निर्माण गर्ने योजना बनाएको बताउँदै यसमा आपसी सहभागिताको विषय उठाएपछिको प्रतिक्रियामा शाहले यस्तो बताएका हुन्। 

‘हामी दुई नगरका जनताको सम्बन्ध वृद्धि हुने क्रियाकलापलाई जोड दिन चाहन्छौँ।’ भेटका क्रममा प्रमुख शाहले भने।

भेटका क्रममा ब्रोकेटले दुइ नगरबिचको भगिनी सम्बन्धबाट जनताहरु आपसमा नजिक हुने जिकिर गरे। सांस्कृतिक भवनले आपसी सामाजिक क्रियाकलाप आदानप्रदान गर्न सहज हुने उनले धारणा व्यक्त गरे।

ब्रोकेटले काठमाडौँ महानगरपालिकाले गरेका कामका विषयमा आफूले विभिन्न माध्यमबाट जानकारी पाएको बताउँदै प्रमुख शाहलाई बोल्डर नगरको सहरी व्यवस्थापन अवलोकनका लागि निमन्त्रणा समेत दिए।

दुई नगरका बिचमा वि.सं २०७६ वैशाख २९ गते भगिनी सम्बन्ध स्थापना भएको हो। भेटका क्रममा दुई नगरका प्रमुखहरुले हस्ताक्षर गरेर सम्बन्ध नवीकरण गरेका छन्।

काठमाडौँ महानगरपालिकासँग अन्तर्राष्ट्रिय १६ वटा नगरसँग भगिनी सम्बन्ध रहेको छ। 

542
Shares

©News Kunja 2021-2026. All rights reserved.