2026/08/26

शशांक कोइराला भन्छन्– ‘विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न इच्छुक छौँ’

Admin
Admin

२०८०-१०-१४

553
Shares
शशांक कोइराला भन्छन्– ‘विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न इच्छुक छौँ’

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताएका छन् । 

आइतबार काठमाडौंमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसहितको टिमसँगको अन्तरक्रिया कार्यक्रममा उनले चीनले विकासको क्षेत्रमा नमुना काम गरेको उल्लेख गर्दै कांग्रेस पनि चीनसँग विकासको सहकार्य अघि बढाउन इच्छुक रहेको बताएका हुन् ।

कोइरालाले चीनको आर्थिक विकास पनि प्रशंसायोग्य रहेको बताए ।   

‘नेपाल र चीन नजिकका मित्र हुन् । नेपालमा चीनले विकास, पुनः निर्माण, शिक्षा, स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आएको छ । चीनसँग हामी विकासको सहकार्य गर्न इच्छुक रहेका छौँ । तपाईँहरूले पाउनुभएको अनुभवबाट हामीले सिकेर कामहरू अघि बढाउन आवश्यक छ,’ उनले भने, ‘नेपालमा कोभिड–१९ र भूकम्प जाँदा चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु । कोरोना कालमा चीन सरकारले स्वास्थ्य सामग्रीहरू धेरै नै उपलब्ध गराएको थियो । नेपाल चीनसँग सहकार्य र सम्बन्ध अझै बिस्तार गर्न चाहन्छ ।’   

कोइरालाले चीनसँग जोडिएका परियोजना अघि बढाउन सरकारले प्राथमिकतामा राखेर जानुपर्ने आवश्यकता रहेको पनि बताए । 

553
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja