अछामको मेल्लेख गाउँपालिका –७ नन्देगडाको सुयडीम ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । शोडषाबाट साँफेबगरतर्फ जादै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सोमबार बिहान पल्टिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलमा मृत्यु हुनेमा मेल्लेख गाउपालिका १ रिसिदहका ५५ वर्षीय रंग धामी , ४५ वर्षीय प्रेम धामी , ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका छन् ।