2026/08/25

नागरिक उन्मुक्ति संसदीय दलका नेता भन्छन् : निर्णय मान्य छैन

Admin
Admin

२०८०-१२-१४

544
Shares
नागरिक उन्मुक्ति संसदीय दलका नेता भन्छन् : निर्णय मान्य छैन

धनगढी —नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठकले सुदूरपश्चिममा कांग्रेस नेतृत्वको वर्तमान सरकारबाट समर्थन फिर्ता लिने निर्णय सार्वजनिक गरेलगत्तै प्रदेश सभामा उक्त पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले उक्त निर्णय मान्य नभएको प्रतिक्रिया दिएका छन् । रेशम चौधरी भने हाल देशबाहिर छन् ।

‘रेशम चौधरी अनुपस्थित बैठकको निर्णय मान्य हुन सक्दैन,’ संसदीय दलका नेता चौधरीले भने, ‘उक्त बैठकमा कोरम पुगेको जस्तो पनि लाग्दैन । एक जना सांसद लक्ष्मण कशोर चौधरीले त नोट अफ डिसेन्ट नै लेख्नु भएको छ ।’

दलका नेता चौधरी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री हुन् । नागरिक उन्मुक्तिका कूल सात सांसदमध्ये कांग्रेस नेतृत्वको वर्तमान सरकारमा पाँच जना मन्त्री छन् । उनले अहिलेको सरकारबाट समर्थन फिर्ता नहुने बताए । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतमा बसको बैठकमा नोट अफ डिसेन्ट लेखेको भनिएका लक्ष्मणकिशोर चौधरीसहित १२ जनाको उपस्थिति रहेको बुझिएको छ । केन्द्रीय समिति २१ सदस्यीय छ ।

544
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja