दिपा भण्डारी,अछाम - अछामको मंगलसेन नगरपालिकामा लैंगिक समानता तथा लैंगिक हिंसा रोकथामका लागि लैंगिक उत्तरदायी बजेट तर्जुमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष ( युएनएफपीए ) को आयोजनामा लैंगिक उत्तरदायी बजेट निर्माण गरि कार्यान्वयन गराउने उद्येश्यले अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा लैंगिक उत्तरदायी सार्वजनिक वित्त व्यवस्थापन परामर्शदाता कृष्ण अवस्थीले पालिका तथा विभिन्न विषयगत शाखाले लैंगिक उत्तरदायी बजेट कसरी तर्जुमा गर्ने , लैंगिक उत्तरदायी बजेट भनेको के हो ? लैंगिक उत्तरदायी बजेट तर्जुमा सम्बन्धी अभ्यास कार्यक्रमल संचालन गर्नुको मुख्य कारण के हो ? विभिन्न पालिकाहरुमा योजना छनौटको अहिलेको अवस्था कस्तो छ ? र लैंगिक हिसामा परेका पिडीतलाइ लैंगिक उत्तरदायी बजेट तर्जुमाले कसरी सहयोग पुर्याउँछ लगायतका विषयमा सहभागीलाई प्रशिक्षण गराउनु भएको थियोे ।
यस्तै कार्यक्रममा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)का कार्यक्रम संयोजक आस्था रिजालले पालिका तथा विभिन्न विषयगत शाखाले लैंगिक उत्तरदायी बजेट कसरी तर्जुमा गर्ने भन्ने विषयमा सहभागीलाई प्रशिक्षण गराउनु भएको थियोे ।
दिगो विकासका १७ सुचक मध्ये पाँचौमा पर्ने लैंगिक समानता हासिल गर्ने र महिला किशोरी तथा बालबालिकालाई सशक्त बनाउने लक्ष्य पुरा गर्न स्थानीय सरकारले लैंगिक उत्तरदायी बजेट विनियोजन गरि कार्यान्वयनमा जोड दिनुपर्ने सरोकारवालाको भनाइ छ ।
यो कार्यक्रम यहि चैत्र १८ गते अछामको कमलबजार नगरपालिकामा गरिएको थियो भने बुधबार मंगलसेन नगरपालिकामा र अब साँफेवगर नगरपालिकामा पनि सञ्चालन गरिने संयोजक रिजालले बताउनु भयो ।
सिएमसी नेपालका मनोसामाजिक परामर्सकर्ता पार्वति बोहरा ,जिआइजेट का अछाम बाजुरा टेक्निकल एक्सर्पोट नृप कुमाल , पिसविन नेपालका जिल्ला संयोजक गोकुल खडका ,आइपास नेपालका रमेश थापालगायतको सहाभागिता रहेको थियो ।