2026/04/17

मेल्लेखमा आगलागीमा परि २ बालबालिकाको मृत्यु

Admin

२०८१-०१-०३

500
Shares

अछाम — अछामको मेल्लेख गाँउपालिका –६ शोडषामा सोमबार बिहान आगलागी हुँदा २ जना बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामकाअनुसार मेल्लेख गाउँपालिका –६ शोडाषाका खम्म बोहराको खरले छाएको बाँझो छानोमा आगलागी हुँदा स्थानीय रमेश बोहराका ६ वर्षीय छोरा गोपाल बोहरा र दिपक बोहराकी ८ वर्षीया छोरी भावना बोहराको मृत्यु भएको हो ।

मेल्लेख गाउँपालिकाको केन्द्रबाट १० किलोमिटर पूर्वमा रहेको शोडषामा आगलागी भएपछि प्रहरीको टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी सन्तोष पाठकले बताए ।

एक महिना अघि पनि मेल्लेख गाउँपालिका –४ ठाँटीमा आगलागीमा परि दुई बालबालिकाको मृत्यु भएको थियो । सुकेको घाँसमा सल्किएको आगोसँगै नन्द बुढाकी ६ वर्षीया निरुता बुढा र जगत बुढाका ३ वर्षीय छोरा अंकित बुढाको गोठभित्रै जलेर मृत्यु भएको थियो । एक महिनाको अवधिमा मेल्लेख गाउँपालिकामा मात्रै आगलागिमा परि ४ जना बालबालिकाको मृत्यु भएको छ ।

500
Shares

©News Kunja 2021-2026. All rights reserved.