2026/04/17

बूढीगंगा जलविद्युत आयोजना : सरकारले बजेट सुनिश्चतता नगर्दा रोकीयो ठेक्का प्रक्रिया

Admin

२०८१-०१-१८

401
Shares

अछाम - करिब २८ वर्ष अगाडीदेखि अध्ययन सुरु गरिएको अछामको साँफेबगर नगरपालिका– १० मा रहेको बूढीगंगा जलविद्युत आयोजनाको निर्माण पक्रिया अहिलेसम्म सुरु हुन सकेको छैन । २० मेगावटको आयोजना खाडी मुलुक कतार र साउदी अरबको ऋण लगानीमा निर्माणका लागि अघि बढाइएको हो । 

राजधानी काठमाडौंबाट करिब ९ सय किलोमिटरमा रहेको यो आयोजनाले लोडसेडिङ घटाउन र लोडसेडिङ घटाउन देशको विद्युत उत्पादन क्षमता वृद्धि गरी नेपालको सामाजिक र आर्थिक विकासमा योगदान पु¥याउने लक्ष्य राखिएको छ ।

तोकिएको मापदण्ड अनुसार २०२५ भित्र अनुमानित लागतमा सम्पन्न गर्ने उद्येश्य राखेको आयोजना हालसम्म ठेक्का पक्रियामासमेत जान सकेको छैन । 

आयोजनाका अनुसार बूढीगंगादेखि कैलालीको पहलमानपुर ९ सय ८५ किलोमिटर सम्म १३२ केभी प्रसारण लाइनको विकास गरी बिजुली निकालीने छ ।

स्रोतका अनुसार करिब एक वर्ष अगाडी आयोजनाको मुल्यांकन गरेर ठेक्का प्रक्रियामा अगाडी बढ्ने बेलामा लगानीकर्ता साउदीले आफू अनुकुल नभएको भन्दै निर्माण प्रक्रियाको प्रस्ताव अस्विकार गरेको थियो । करिब ८ महिना लगाएर तयार गरेको ठेक्का प्रक्रिया रद्ध भएपछि पुनः पक्रियामा गएको थियो । 

आयोजनाको विस्तृत आयोजनाका अनुसार इन्जिनियरिङ डिजाइन प्रतिवेदन र वातावरण प्रभाव अध्ययन (इआइए) स्वीकृत भइसकेको छ । प्रसारण लाइनका लागि आइइई प्रतिवेदन पनि स्वीकृत भइसकेको छ । तर कतार र साउदी अरबले गर्ने ऋण लगानी आयोजनाको लागि अपुग हुने भएकाले अन्य बजेट व्यवस्थापन गर्नको लागि अर्थ मन्त्रालयमा पत्राचार गरिसकिएको आयोजनाका सूचना अधिकारी इन्जिनियर स्वतन्त्रकुमार कर्णले बताए ।  

ऋण लगानी गरेका देशबाट आउने रकमबाहेक अन्य रकम नेपाल सरकारले व्यवस्था गर्ने सम्झौता अनुसार अपुग रकमको बारे अर्थ मन्त्रालयमा पत्राचार गरिसकेको भएपनि अहिलेसम्म कुनै ठोस जवाफ नआएको उनले बताए । ‘सबै खालका मुल्यांकन र अध्ययन गरिसकेका छौं । ठेक्का गर्ने भन्ने आशयपत्र पनि जारि गरिसकेका छौं । तर अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता गर्नेबारे कुनै जानकारी आएको छैन ’ उनले भने ,‘मन्त्रालयले स्रोत व्यवस्थापन गर्न सक्ने गरि बजेट सुनिश्चत गरेको भए सबै कानुनी पक्रिया पुरा गरेर निर्माण कम्पनीलाई ठेक्का सम्झौता गर्न आउनुस् भन्न आतुर छौं ।’

उनका अनुसार पहिले काठमाडौंमा मुख्य कार्यालय रहेकोमा गत वर्षबाट सबै जनशक्ति अछाम केन्द्रीत भएको छ । ‘अहिले आयोजनाका सामान्य कामहरु कम्युनिटी सर्पोट , बाटो र्ममत , सडक निर्माण र कार्यालयका आन्तरिक कामहरु गरिरहेका छौं’ उनले भने ,‘ ठेक्का पक्रियामा गएर निर्माण सुरु नै हुन सकेको छैन । सक्रियाताका साथ काम गर्न पनि पाएका छैनौं ।’

आयोजनाको निर्माण विकासको लागि २०१४ जुन १८ तारीखमा साउदि फण्ड फर अरब डेभलप्मेन्टसँग ६ अर्ब नेपाली रुपैँयाको रिण सम्झौता भइसकेको छ । २०७२ असाढ १४ गते सम्झौता भइ ०७३ पुसमा डिपिआर तयार पार्ने जिम्मा पाएका  अष्ट्रेलीयन कम्पनी स्मेक इन्टरनेश्नल प्राइभेट लिमिटेड र नेपालको कम्पनि उदय कन्सल्टेन्सीले करिब १ वर्ष अघि मात्रै डिपिआर तयार पारेको हो  ।  करिब १९ करोड ९१ लाख ३३ हजार नेपाली रुपैँया लागतमा आयोजनाको डिपिआर तयार भएको छ ।

सरकार आफैंले निर्माण गर्ने २० मेगावाट क्षमताको बूढीगंगा जलविद्युत आयोजनाको निर्माणका लागि २०५२ सालदेखि नै अध्ययन सुरु भएको थियो । सन् १९९७ मा सम्पन्न सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मुल्यांकन अध्ययन अनुसार अनुमानित कुल लागत नेपाली मुद्रामा करिव  १० अर्ब रहेको छ ।

आयोजना अनुसार इन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव मुल्यांकन अध्ययन गरी आयोजनाको निर्माण विकासको लागि २०१४ जुन १८ तारीखमा साउदि फण्ड फर अरब डेभलप्मेन्टसँग ६ अर्ब नेपाली रुपैँयाको रिण सम्झौता भएको थियो भने २०१२ जुलाई ४ तारीखमा कुवेत फण्ड फर अरब इकोनोमिक डेभलपमेन्टसँग ५ मिलियन कुवेती दिनार (नेपाली रुपैया १.८ अर्ब) रिण सम्झौता भइसकेको छ । बाँकी रकम नेपाल सरकारले बेहोर्ने उक्त रिण सम्झौतामा उल्लेख गरीएको छ ।

हालसम्म आयोजनाका लागि ३२० रोपनी जग्गा अधिग्रहण भइसकेको छ । विद्युतगृह, सबस्टेसन, कार्यालय भवन, बाँधस्थल लगायतका लागि तीन जिल्ला अछाम , बाजुरा र डोटीको जग्गा अधिग्रहण काम सकिएको हो ।
आयोजनाका अनुसार अछामको २५०, डोटीको ५० र बाजुराको २० रोपनी जग्गा अधिग्रहण भइसकेको छ। त्यस्तै प्रसारण लाइन टावरका लागि जग्गा अधिग्रहणको पक्रिया सुरु भएको छ भने  र पुल निर्माण पनि सम्पन्न भएको छ । 

 

401
Shares

©News Kunja 2021-2026. All rights reserved.