2026/08/25

प्रचण्ड सरकारले बढाएन वृद्ध भत्ता

Admin
Admin

२०८१-०२-१५

540
Shares
प्रचण्ड सरकारले बढाएन वृद्ध भत्ता

काठमाडौं : सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ। मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री बर्षमान पुनले ज्येष्ठ नागरिक लगायतका लक्षित समूहलाई प्रदान हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको घोषणा गरेका हुन्।

तर, यस वर्ष प्रचण्ड नेतृत्व सरकारले भत्ता बढाएको छैन। तत्कालीन नेतृत्वको सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/८९ को बजेट भाषणमा ३३ प्रतिशत वृद्धभत्ता बढेको घोषणा गरेका थिए। उनले १ हजार भत्ता बढाउँदै जेष्ठ नागरिकले मासिक चार हजार रुपैयाँ पुर्‍याएका थिए।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले १०० रुपैयाँबाट सुरु गरेको वृद्ध भत्तालाई आम नागरिकले कम्युनिस्ट सरकारले दिएको ‘उपहार’का रुपमा लिने गरेका छन्। सरकारले ज्येष्ठ नागरिकसहित एकल महिला,अपांगता भत्ता, विपन्नलगायतलाई विभिन्न शीर्षकमा भत्ता दिँदै आएको छ।

सबै नेपाली नागरिकलाई क्रमश: राष्ट्रिय परिचयपत्र उपलब्ध गराइनेछ। राष्ट्रिय परिचयपत्रलाई राज्यबाट प्रवाह हुने सेवा सुविधासँग आवद्व गर्दै लगिने घोषणा गरेको छ।

‘राहदानी, सामाजिक सुरक्षा, व्यक्तिगत घटना दर्ता र स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरिनेछ।’ अर्थमन्त्री पुनले भने,‘भूमि व्यवस्था, सवारी दर्ता तथा नवीकरण, चालक अनुमति पत्र, बैंकिङ, निवृत्तभरण व्यवस्थापन र स्वास्थ्य बीमालाई क्रमश: राष्ट्रिय परिचयपत्रमा आवद्ध गरिनेछ।’

540
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja