2026/08/26

कांग्रेस–एमालेबीच संविधान संशोधन गर्न कल्याण श्रेष्ठको नेतृत्वमा आयोग बनाउने सहमति

Admin
Admin

२०८१-०३-१८

475
Shares
कांग्रेस–एमालेबीच संविधान संशोधन गर्न कल्याण श्रेष्ठको नेतृत्वमा आयोग बनाउने सहमति

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा आयोग बनाउने सहमति बनेको छ । स्रोतका अनुसार सोमबार राति दुई दलका नेताहरूबीच उक्त सहमति भएको हो ।

कांग्रेस र एमाले संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर गठबन्धन गर्ने अन्तिम तयारीमा छन् ।

सहमतिलाई अन्तिमरूप दिन नेपाली कांग्रेसका नेताहरू एमाले अध्यक्ष ओली निवास बालकोट जाने तयारीमा छन् ।

दुई दलबीच प्रदेशको समानुपातिक व्यवस्था खारेज गर्ने, संघमा पनि राष्ट्रियसभामा समानुपातिक व्यवस्था गर्ने प्रदेश प्रमुखलाई केन्द्रबाट तोक्ने, प्रदेशको संख्यामा पनि पुनरवलोकन गर्ने, राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनेसहितका विषयमा सहमति खोज्ने प्रयास भइरहेको छ ।

475
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja