2026/04/17

नेप्सेमा सामान्य अंकको वृद्धि, २० अर्बको कारोबार

Admin

२०८१-०४-२४

461
Shares

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ६.७० अंकले बढेको छ । आज नेप्से परिसूचक २७६६.३८ विन्दूमा सीमित भएको हो । आज कुल ५ करोड ९ लाख ४६ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै २० अर्ब ७ करोड ४ लाख रूपैयाँको सेयर कारोबार भएको हो । 

कुल ७९ कम्पनीको सेयर मूल्य बढ्यो भने १५९ कम्पनीको मूल्य घट्यो । ४ कम्पनीको मूल्य स्थिर रह्यो । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन उपसमुह ४५३.८९ अंकले बढ्यो । यस्तै जलविद्युत् २९.८७ र व्यापार १८.२३ अंकले बढ्यो ।

घट्ने उपसमुहमा होटल तथा पर्यटन अघि रह्यो । होटल तथा पर्यटन ९५.६१ अंकले घटेको छ भने जिवन बिमा ४०.३०, विकास बैंक ३६.०७ अंकले घट्यो । कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट उद्योग, मिड सोलु हाइड्रोपावर, सोना मिनरल्स एन्ड आयल र सर्वोत्तम सिमेन्टको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको मूल्य ८ प्रतिशतले घट्यो । कारोबार रकमको आधारमा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक अघि रह्यो । शिवम् सिमेन्टको १ अर्ब २० करोड ९० लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ७ करोड ६२ लाख रुपैयाँको सयर कारोबार भएको छ ।

461
Shares

©News Kunja 2021-2026. All rights reserved.