2026/08/26

बझाङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जना बेपत्ता

Admin
Admin

२०८१-०५-०३

497
Shares
बझाङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जना बेपत्ता

धनगढी - बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जना बेपत्ता भएका छन् । आइतबार राति बुङ्गल नगरपालिका-१० को टुमेडामा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले पहिराले स्थानीय वी बहादुर धामीको घर पुरिंदा ४ जना बेपत्ता भएको बताए । अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका केसीले बताए । पहिरामा पुरिएकाहरूकफ खोजी जारी छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

497
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja