काठमाडौं– नेपाली सेनाका ८ जना अधिकृतको बढुवा भएको छ। सेनाको उपरथीमा सहायक रथी हरेन्द्र पाठकको बढुवा भएको छ। सोमबार सैनिम मुख्यालयमा बढुवा भएकाले फूली लगाएका छन्।
असोज १८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बढुवा भएका पाठकलाई प्रधानसेनापति अशोकराज सिग्देलले फूली प्रदान गरेका छन्। पदोन्नतिपछि उपरथी पाठक नेपाली सैनिक वार कलेजको शिक्षाधिकृतमा नियुक्त भएका छन्।
यस्तै दुई जना महासेनानी सहायक रथी (जर्नेल)मा र ५ जना प्रमुख सेनानी महासेनानी (कर्णल) मा बढुवा भएका छन्।महासेनानी मनिकुमार श्रेष्ठ र विष्णुबहादुर कार्कीलाई सहायक रथीमा बढुवा गरिएको हो।
प्राविधिक प्रमुख सेनानी डा. निरव कायस्थ, प्रमुख सेनानी प्रशान्त बज्राचार्य, रित बहादुर रानाभाट, सरोज राना र सुशील महतलाई महासेनानीमा बढुवा गरिएको छ।