2026/10/25

काठमाडौं महानगरले गौशाला धर्मशालामा राख्यो बोर्ड, मारवाडी समुदायको प्रतिवाद

Admin
Admin

२०८१-०६-२३

478
Shares
काठमाडौं महानगरले गौशाला धर्मशालामा राख्यो बोर्ड, मारवाडी समुदायको प्रतिवाद

काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ । बुधबार महानगरपालिकाका नगर प्रहरीले मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको हो ।

मारवाडी सेवा समितिको विरोध बाबजुद महानगरको टोलीले बल प्रयोग गरेर काठमाडौं महानगरको बोर्ड राखेको छ । धर्मशाला बाहिर भने मारवाडीहरूले नाराजुलुस लगाएका थिए । महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन ८ नम्बर वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको थियो । महानगर प्रहरीले १० बजेसम्म धर्मशाला खाली गराउन माइकिङ गरे पनि नहटाएपछि महानगर प्रहरीले खाली गराएको हो ।

त्यसअघिको पत्रकार सम्मेलनका क्रममा बोल्दै मारवाडी सेवा समिति नेपालका अध्यक्ष रमेश ताडिन्याले महानगरले धर्मशालामा कुनै गतिविधि गर्न नहुनेप्रति सचेत गराए । उनले अदालतमा मुद्दाको पूर्णपाठ नआएको र अहिले अदालत बिदामा रहेकाले पूर्ण पाठ आइसकेपछि पुनरावेदन गर्न पाउने अधिकार दिनुपर्ने माग गरे ।

नगर प्रहरीले धर्मशाला खाली गराउन खोजेपछि मारवाडीहरूसँग केहीबेर प्रतिवाद समेत भएको थियो ।

478
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja