2026/08/25

घुस खाएको आरोप लगाएका कांग्रेस सांसद बजगाईंले पर्यटन मन्त्रीसँग मागे माफी

Admin
Admin

२०८१-०८-०५

433
Shares
घुस खाएको आरोप लगाएका कांग्रेस सांसद बजगाईंले पर्यटन मन्त्रीसँग मागे माफी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेमाथि घुस खाएको आरोप लगाएका कांग्रेस सांसद राजेन्द्र बजगाईंले माफी मागेका छन् । कांग्रेस सहमहामन्त्रीसमेत रहेका मन्त्री पाण्डेले सांसद बजगाईविरुद्ध पार्टीमा लिखित उजुरी दिएका थिए । कांग्रेसबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद बजगाईंले आफ्नो मानमर्दन र सामाजिक प्रतिष्ठा समाप्त पार्ने गरी अनर्गल आरोप लगाएको भन्दै मन्त्री पाण्डेले पार्टीमा उजुरी दिएका थिए ।

बजगाईंलाई पार्टीको अनुशासन विभागले लिखित स्पष्टीकरण मागेको थियो । मंगलबार मौखिम स्पष्टीकरण दिएका बजगाईंले बुधबार सामाजिक सञ्जालमार्फत मन्त्री पाण्डेसँग माफी मागेका हुन् ।

‘सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो,’ बजगाईंले लेखेका छन्, ‘मैले लगाएको आरोपले वहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लांछित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रती पनि क्षमाप्रार्थी छु।’

433
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja