बाजुरामा जिप दुर्घटना अपडेटः २ महिलाको मृत्यु, तीन जना घाइते
Admin
२०८१-०८-२३
475
Shares
बाजुराः बाजुरा सदरमुकाम मार्तडी स्कारपीयो जिप दुर्घटना हुँदा २ महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ३१ वर्षीया गायत्री पन्तको मृत्यु भएको हो। उनको घर कञ्चनपुर हो। यस्तै भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्टको पनि मृत्यु भएको छ। पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो। यस्तै, दुर्घटनामा परेर तीन जना घाइते भएका छन्।