2026/08/25

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए

Admin
Admin

२०८२-१०-१०

329
Shares
बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए

गोरखा — गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को तर्फबाट उम्मेदवार बनेका थिए।

आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो। त्यसलगत्तै भट्टराईले औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएका हुन्।

गोरखा–२ मा अब नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपाका लेखनाथ न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी र नेकपा एमालेका मिलन गुरुङ (मिलन चक्रे) लगायत उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने भएको छ।

329
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja