2026/08/24

'मैं वापस आऊंगा' मा सकारात्मक 'वर्ड अफ माउथ'को प्रभाव, विश्वव्यापी कमाइ ७५ करोड नाघ्यो

Admin
Admin

२०८३-०३-१७

163
Shares
'मैं वापस आऊंगा' मा सकारात्मक 'वर्ड अफ माउथ'को प्रभाव, विश्वव्यापी कमाइ ७५ करोड नाघ्यो

भारतीय फिल्म 'मैं वापस आऊंगा' ले बक्स अफिसमा राम्रो प्रदर्शन जारी राखेको छ। 

इम्तियाज अली निर्देशित फिल्मले सुरूआतमा सामान्य कमाइ गरे पनि सकारात्मक वर्ड अफ माउथका कारण व्यापार बढ्दै गएको हो। 

दिलजीत दोसांझ, नसिरूद्दीन शाह, शर्वरी, वेदांग रैना अभिनीत फिल्मले पहिलो सातामा भारतमा करिब १२.२५ करोड भारू नेट कमाइ गरेको थियो। दोस्रो सातामा दर्शकको राम्रो प्रतिक्रियासँगै यसको व्यापार दोब्बरजस्तै बढ्दै २२.५५ करोड भारू पुगेको थियो।

रिलिजको १९ औँ दिन अर्थात् तेस्रो मंगलबार फिल्मले भारतमा १.७५ करोड भारू नेट कमाइ गरेको छ। यो कमाइ अघिल्लो दिनको तुलनामा १६.७ प्रतिशतले बढी हो। यससँगै भारतमा फिल्मको कुल नेट कलेक्सन ४९.५५ करोड भारू (ग्रस कलेक्सन ५९.०२ करोड भारू) पुगेको भारतीय संचारमाध्यमले जनाएका छन्।

विदेशी बजारमा पनि फिल्मले १९ औं दिन ५० लाख भारू थप्दै ओभरसिज ग्रस कलेक्सन १६.५० करोड भारू पुर्‍याएको छ। यसरी घरेलु र अन्तर्राष्ट्रिय कमाइ जोड्दा फिल्मको विश्वव्यापी ग्रस कलेक्सन ७५.५२ करोड भारू पुगेको छ। 

यद्यपि तेस्रो सातामा फिल्मले कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ। शाहिद कपूर, कृति सेनन र रश्मिका मन्दाना अभिनीत 'ककटेल २' तथा अक्षय कुमार स्टारर 'वेलकम टु द जंगल' को बलियो प्रदर्शनकाबीच पनि 'मैं वापस आऊंगा' ले आफ्नो पकड कायम राख्न सफल भएको छ।

'मैं वापस आऊंगा' एक भावनात्मक प्रेमकथा र विभाजनको केन्द्रमा राखेर बनेको फिल्म हो। यसको कथा सन् १९४७ को भारत विभाजनका कारण छुट्टिएका दुई प्रेमीहरूको वरिपरि घुम्छ।

'मैं वापस आऊंगा' नेपालमा भने रिलिज भएको छैन। 

163
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja